खेलकुद देश

यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा

काठमाडौं, साउन २२-यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा  भएको छ। उक्त टिमको घोषणा मुख्य प्रशिक्षक सुनील श्रेष्ठले साफ गरेका हुन्। यही २१ अगष्टबाट ३१ अगष्टसम्म भारतको कल्यानी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्नु रहेको छ।

 नेपालले आफ्नो पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा प्रतिस्पर्धा गर्दैछ। नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ। उक्त प्रतियोगितामा पाँच देशको सहभागिता रहने  छ।

राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टीम फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ। नेपाली टीममा गोलकिपर, ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी रहेका छन्। त्यस्तै डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा छनोट गरिएको छ भने, मिडफिल्डरमा जान्मीजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई छनोट गरिएको छ। र फरवार्डमा भने क्रिशन अधिकारी यादव, क्रिश सापकोटा, सुजन जिमी, शशांक बोहरा रहेका छन्।

Featured