भक्तपुर, साउन २२-सवारी चालकको अनुमतिपत्रका लागि लिइने ट्रायल परीक्षा पास गराइदिन्छु भन्दै सेवाग्राहीसँग रकम लिँदै ठगी गरेको आरोपमा भक्तपुर बाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले ठगीको आरोपमा काभ्रे मनदन देवपुर नगरपालिका–८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्यलाई भक्तपुरको राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट पक्राउ गरेको हो।
पक्राउ परेका आचार्यलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस