देश

अत्याबश्यक सेवा लिन मात्रै अस्पताल आउन कान्तिको आग्रह

कोरोनाको त्रास बढेसँगै अन्य रोगको उपचार गराउन र नियमित जाँच गर्न समस्या पर्न थालेको छ ।यसै बीच कान्ति बालअस्पातलले पनि अत्यावश्यक सेवा लिन मात्रै अस्पताल आउन सर्वसाधारणलाई आह्वान गरेको छ । अस्पतालले बिहीबार सूचना निकाल्दै अत्यावश्यक नपरी अस्पतालमा नआउन अनुरोध गरेको हो ।

  कोरोना भाइरसको प्रकोपका कारण हाल स्वास्थ्य सेवा प्रदान गर्न अप्ठ्यारो परेको अस्पतालले जनाएको छ । अत्याश्यक परेमा उपचारमा खटिने चिकित्सकको नम्बर उपलब्ध गराएको छ ।

अस्पतालले सर्जिकल ड्यूटी चिकित्सकको फोन नम्बर ०१–४४४३१३१ र ९८४७३८६१५० तथा  मेडिकल ड्यूटी चिकित्सकको फोन नम्बर ०१–४४२७४४९ र ९८४७३८६२०५ मा रहेको उल्लेख गरिएको छ ।