देश

लकडाउनका बीच कतार एयरले नेपालबाट उडान भर्दै

‘लकडाउन’का बीच कतार एयरलाइन्सले शुक्रबार र शनिबार नेपालबाट उडान भर्ने भएको छ । नेपालको ७ दशक लामो आन्तरिक उडानमा मंगलबार बुधबार २ दिन पूर्ण रूपमा आकाश खाली रहेको अवस्था बिहीबार बुद्व एयर र तारा एयरले उडान गरेका थिए ।

विश्व नै कोरोना संक्रमणबाट आतंकित बनेको अवस्थामा सरकारले ११ चैतदेखि १८ चैतसम्म देशलाई पूर्णरूपमा लकडाउन घोषणा गरेको छ। अहिलेसम्म नेपालमा ३ जनामा कोरोना पोजेटिभ देखिएकोमा तीनै जना विदेशबाट आएकोले अन्तर्राष्ट्रिय आगमनमा कडाइ गर्ने निर्णय लिएको थियो ।

सरकारले ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय लिए पनि खाली जहाज ल्याउने नाममा नियम विपरीत शिल्क एयर र इत्तिहादले नेपालमा प्यासेन्जर लिएका थिए ।