देश

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

बैतडीमा क्वारेन्टाइनमा खटिएका अहेब कुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । का थिजिल्लाको पुरचौंडी नगरपालिका– ५ को क्वारेन्टाइनमा भारतबाट फर्केका सुनील जागरीका बुवा नरेन्द्र जागरीसहितका व्यक्तिले स्वास्थ्यकर्मी करनसिंह धामीमाथि हातपात गरेए ।

घटनाको जानकारी आएपछि उक्त स्थलमा प्रहरीलाई पठाएर कुटपिटमा संलग्न नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।