देश

देशभरका हब हस्पिटलमा फिबर क्लिनिक सञ्चालन गरिँदै

सरकारले देशभरका लागि हब हस्पिटलका लागि छुट्टै फिबर क्लिनिक सञ्चालन गर्न प्रतिअस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।ज्वरो आउने, रुघा लाग्नेजस्ता लक्षण देखिएर कोरोनाको शंकामा जाँचका लागि आएका बिरामीलाई राख्नका लागि छुट्टै फिबर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दै सरकारले त्यसका लागि प्रतिअस्पताल १० लाख रुपैया दिएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिबर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई उक्त परिमाणको रकम उपलब्ध गराइएको जानकारी दिए ।

साथै, त्यस्ता बिरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पीपीईको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले स्पष्ट पारे ।