देश

ज्याेति विकास बैंकका शाखा ३ दिनमा १ दिन खुल्ने

कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सरकारले यसको रोकथाम र न्यूनीकरणका लागि गरेको लकडाउनको समयमा ज्योति विकास बैंकले आफ्ना सम्पूर्ण शाखा कार्यालयहरू तीन कार्य दिनमा १ दिन बिहान ११ देखि दिउँसो १ बजेसम्म खोल्ने व्यवस्था मिलाएको जनाएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा अत्यावश्यक सामग्री तथा सेवा आपूर्तिका लागि बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू यथासम्भव खोल्ने व्यवस्था मिलाउन दिएको निर्देशनअनुसार ज्योति विकास बैंकले पनि उक्त निर्देशनको पालना गर्दै यस्तो व्यवस्था मिलाएको हो ।