काठमाडौँ, साउन २२-नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ।
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकिएको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ। आज यूएई दिर्हाम १ को ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा छ।
बहराइन दिनार १ को २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा छ। आज कोरियन वन १ सयको ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस