देश

लकडाउनको अवज्ञा गर्ने ५ सयभन्दा बढी सवारी साधन नियन्त्रणमा

महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५ सयभन्दा बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सञ्चालनमा आएका ती सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

उनले नियन्त्रणमा लिएका सबै सवारी साधन एक सातापश्चात् सवारीधनीलाई बुझाइने बताए । साथै, यदि सरकारले लकडाउनको म्याद थप गरेमा त्यसपछि मात्रै सवारी धनीलाई बुझाइने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वर, त्यसपछि बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजारका रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Featured