देश

कोरोना महामारी न्यूनीकरणका लागि पाठ

काठमाडौं, १३ चैत-विश्वमा महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण घट्दै जाओस् भनेर पाठ सुरु गरिएको छ ।श्री कृष्ण प्रणामी धर्मका अनुयायीहरूबाट श्रीमद् तारतर सागर पाठ सुरु गरिएको हो । नेपालमा करिव १० लाख प्रणामी समुदाय रहेका छन् । सबैले आफ्नोआफ्नो घरबाट पाठ सुरु गरिने महासचिव भोला दाहालले बताए ।

विश्वभर भक्तजनहरूले आफ्नोआफ्नो घरबाट पाठ सुरु गरेको उनले बताए । दाहालका अनुसार भक्तजनहरूले हरेक दिन घरमा तारतम सागरका साथै मेहेर सागर पाठ गरी आरती गर्नैछन् ।

नवतनधाम मन्दिरबाट निजानन्दाचार्य जगतगुरु अनन्त विभूषित कृष्णमणिजी माहाराज र नवतनधाम नेपालका गादिपति अमृतराज माहाराजीको आह्वानमा सम्पूर्ण भक्तजनहरूलाई पाठ, पूजा र अनुष्ठान गर्न अनुरोध गरिएको दाहालले बताए ।