विदेश

यूएईमा आज बेलुकी ८ देखि आइतबार बिहानसम्म घरबाहिर निस्कन नपाइने

यूएई सरकारले आज बिहीबार बेलुकी ८ बजेदेखि आइतबार बिहान ६ बजेसम्म सम्पूर्ण सर्वसाधारणलाई घरभित्र रहन आग्रह गरेको छ । सरकारले आज साे समयमा यूएईका सार्वजनिक स्थल, सवारी साधन र बाटोहरू औषधि पानीले सफा गर्ने भएकाले त्यस्ताे आग्रह गरेको बताइएकाे छ

यो समयमा औषधि र खाद्यान्न किन्नबाहेक कोठाबाट ननिस्कन अनुरोध गरिएकाे छ । यसलाई उल्लंघन गरे जेल सजाय र जरिमानासमेत हुने बताउँदै यूएई सरकारले घरभित्र बसेर आफू पनि बच्न र सरकारलाई पनि सहयोग गर्न आग्रह गरेकाे छ ।

Featured