देश

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगका प्रवक्ता वेद भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको रोकथाममा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, कर्मचारी तथा तीनका परिवारका सदस्यहरूका लागि आवश्यक स्वास्थ्य सुनिश्चितका लागि विशेष व्यवस्था गर्न आग्रह गरेका हुन् ।

आयोगले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सबैलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्नुका साथै लकडाउनको अवज्ञा गरी घरबाहिर निस्कनेहरूलाई मानवोचित व्यवहारका साथ कानुनी कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ ।