देश

डोटीमा भारतबाट फर्किएकाको लगत सङ्लन सुरु

डोटी, १३ चैत-जिल्लाका ९ वटै स्थानीय तहले रोजगारी गरेर भारतबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन गर्न सुरु गरेको छ ।पछिल्लो एक महिनामा भारतबाट काम गरेर गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन सुरु गरिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

९ वटै स्थानीय तहका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आ–आफ्नो पालिका तथा वडामा लगत सङ्कलनका लागि कर्मचारी परिचालन गरिरहेकोे छ ।

भाइरस सङ्क्रमणको जोखिम नहोस् भनेर पछिल्लो १ महिनामा भारतबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्न थालिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

स्थानीय तहले पछिल्लो १ महिनाको अवधिमा भारतलगायत अन्य देशबाट कोही आएको तथा आएर फर्किएको भएमा त्यसको सूचना पनि नगरपालिका/गाउँपालिकाको कार्यालय वा प्रहरी कार्यालयमा जानकारी दिन आह्वान गरेको छ । जिल्लामा अन्य देशभन्दा पनि रोजगारीका लागि भारत जानेको सङ्ख्या बढी रहेको पाइन्छ । रासस

Featured