देश

दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोना संक्रमणबाट मुक्त

दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोना भाइरस (कोभिड–१९) संक्रमण्बाट मुक्त भएकी छन् । समाचार संस्था योन्हाप न्यूजका अनुसार उनी कोभिड–१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्।

ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोना विरुद्धको सकारात्मक समाचार भनिएको छ। यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो ।

Featured