विदेश

साइबर हमलाद्वारा उत्तर कोरियाले चोर्‍यो दुई खर्ब रुपैयाँ

काठमाडौं, एजेन्सी, साउन २२-उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रमका लागि पुंजी संकलन गर्नका लागि साइबर हमला गरिरहेको संयुक्त राष्ट्रको एक रिपोर्टमा भनिएको छ।

संयुक्त राष्ट्रको एक लिक भएको रिपोर्ट अनुसार उत्तर कोरियाले वित्तिय संस्थाहरु र क्रिप्टो करेन्सी एक्सचेन्जलाई निशाना बनाएर करिब दुई अर्ब डलर (दुई खर्ब रुपैयाँ) चोरेको छ।

स्रोतले बीबीसीसँग कुरा गर्दै संयुक्त राष्ट्र विशेषज्ञको एउटा समूह उत्तर कोरियाको कम्तिमा ३५ यस्ता साइबर हमलाको अनुसन्धान गरिरहेको बारे पुष्टि गरेको छ।

उत्तर कोरियाले मंगलबार दुई मिसाइलको परीक्षण गर्‍यो । यो पछिल्लो दुई हप्तामा चौथो परीक्षण हो।

Featured