देश

गाउँपालिकाले निःशुल्क २ वटा एम्बुलेन्स चलाउने

लमजुङको क्व्होलोसोथर गाउँपालिकाले निःशुल्क २ वटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका, आशङ्का भएका र कुनै बिरामीलाई परीक्षणका लागि पालिकावासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्रको कुनै पनि नागरिकमा सङ्क्रमण हुन सक्ने र भएमा तत्काल उपचारका लागि २ वटा एम्बुलेन्स निःशुल्क गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

गाउँपालिकाले वडा नं १ देखि ४ वडावासीका लागि ग २ च ७३९२ नंको एम्बुलेन्स र वडा नं ५ देखि ९ नम्बर वडावासीका लागि ग १ झ ४४८ नम्बरको एम्बुलेन्स गरी २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताए । गाउँपालिकाको २ स्थानमा स्वास्थ्य सहायत कक्ष राखिएको छ । रासस