देश

जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन : कास्की प्रहरी

पोखरामा जिम्मेवार व्यक्ति नै प्रातःभ्रमणका नाममा डाँडाकाँडातिर देखिन थालेपछि कास्की प्रहरीले लकडाउनको सिद्धान्त पूर्ण पालन गर्न आग्रह गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई पोखराका जिम्मेवार व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरि हिँड्ने र आफ्नो रवाफ देखाउने गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।

उनले सडकमा सामाजिक अगुवा नै प्रातःभ्रमणका नाममा जथाभावी हिडिदिँदा सर्वसाधारणमा भ्रम सिर्जना भएको बताए । सामाजिक अगुवाले नै विभिन्न गतिविधि गर्दै सामाजिक सञ्जालमा राख्दा सर्वसाधारणमा झन् भ्रम सिर्जना भएको पनि कार्कीले बताए ।

उहाँले सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेहरुबाट पहिलो दिन ३७० र दोस्रो दिन १६७ जनाको सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए ।

Featured