देश

क्वारेन्टाइन बनाउन कक्षाकोठा उपलव्ध गराउने कोटेश्वर क्याम्पसको घोषणा

कोटेश्वर बहुमुखी क्याम्पसले क्वारेन्टाइनका रुपमा प्रयोग गर्न कलेजका कोठाहरु सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । क्याम्पसका प्रमुख गोविन्द बहादुर कार्किले बिज्ञप्ति जारी गर्दै कोरोना भाइरसको त्रास वढेको भन्दै क्याम्पसले क्वारेन्टाइनका लागि कक्षाकोठा सरकारलार्ई उपलव्ध गराउने निर्णय गरेको जानकारी दिए ।

कोटेश्वरस्थित सो क्याम्पसले यसैवर्ष जडिवुटीमा कलेजको नयाँ भवन बनाएको छ । सो भवनका १० वटा कोठा क्वारेन्टाइनका लागि हस्तान्तरण गरिने क्याम्पस प्रमुख कार्कीले बताए ।

Featured