विदेश

दक्षिण कोरियाले विना लकडाउन यसरी गर्‍यो कोरोना नियन्त्रण

एजेन्सी, चैत १३-यतिबेला विश्व नै कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको छ । कतिपय देश नै लकडाउन गरिएको छ । तर, दक्षिण कोरिया यस्तो देश हो, जसले विना लकडाउन कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भयो ।

चीनपछि सबैभन्दा बढी कोरोना संक्रमित दक्षिण कोरियामा थिए र तीव्र गतिमा कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर, उसले विना लकडाउन कोरोना भाइरसलाई नियन्त्रणमा लियो ।

कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्नका लागि उसले थर्मल इमेजिङ क्यामेरा लगाउनेदेखि मानिसहरूलाई दाहिने हातको साटो देब्रे हातको प्रयोग गर्न सिकायो ।

दक्षिण कोरियामा लगातार सेनाको सहयोगमा सडकलाई स्यानिटाइज गरियो र धर्मगुरुहरूलाई समेत आफ्ना अनुयायीको ज्वरो नाप्न अनिवार्य गरियो ।