काठमाडौं, साउन २२-काठमाडौंको माइतीघर मण्डला नजिकै बुधबार बिहानै शंकास्पद वस्तु फेला परेको छ।
महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका-११, माइतीघरमण्डलास्थित सेन्ट जेभियर्स कलेज अगाडि बिहान ६ बजेतिर शंकास्पद वस्तु फेला परेकाे हो।
जुन नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षिति रूपमा डिस्पोज गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले नेपालखबरलाई जानकारी दिए।
डीएसपी बोगटीका अनुसार ‘शंकास्पद वस्तु हो, केही तारहरू थिए, कसैले तर्साउन राखेको जस्तो देखिन्छ।’ बिहान ८ बजे नेपाली सेनाले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पारिसकेको छ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस