देश विदेश

महामारीबाट बाहिर निस्कन संसारलाई वर्षौं लाग्नेछ : ओईसीडी

अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले विश्व कोरोना भाइरस महामारीबाट बाहिर निस्कन वर्षौं लाग्ने चेतावनी दिएको छ ।

ओईसीडीका महासचिव एन्केल गुरियाले कोरोनाका कारण लागेको आर्थिक झट्का कुनै खालको वित्तीय संकटभन्दा निकै गम्भीर हो ।उनले यो समस्याबाट संसार चाँडै बाहिर निस्कन्छ भनेर कसैले दाबी गर्छ भने त्यो दिवा सपना हुने बताएका बीबीसीले उल्लेख गरेको छ ।

आईसीडीले सबै देशका सरकारसँग आप्नो खर्च बढाउनका लागि अपिल गरेको छ ताकि बढीभन्दा बढी मानिसको परीक्षण र बिरामीको उपचार चाँडो हुन सकोस् । एन्केल गुरियाले हालै भनेका थिए, ‘कोरोनाले महामारीको रूप लियो भने विश्वको अर्थव्यवस्थाको विकास १.५ प्रतिशतले सुस्त हुनेछ ।’