विदेश

साउदी अरबमा ३५ नेपाली अलपत्र

काठमाडौं, साउन २२-तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन्।

कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन्। उनीहरुलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ। दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन। ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो।

कम से कम सुरक्षित त छौं। बिहान बेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घा छेकने छत छ।’ दूतावासका गाडी पार्किङ गर्ने ठाउँमा उनीहरुलाई राखिएको छ। सुत्न मिल्ने ओछ्यान छैन। खाना बाहिरबाट ल्याएर दूतावासले खुवाईरहेको छ।

उनीहरुलाई कामाडौँस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ।

Featured