देश राजनीति

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् ।

‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु’, प्रधानमन्त्री सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तपाईंहरू पनि घरमै बस्नु होला ।’ सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेको हो ।