विदेश

बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण

बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ ।

यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना भाइरस देखिएको छैन । कोरोना भाइरस संक्रमण देखिएपछि उनीहरु स्कटल्याण्डस्थित घरमा अलग्गिएर बसेका छन् ।