देश राजनीति

राजपा सांसदले १५ दिनको तलब कोषमा जम्मा गर्ने

राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदको १५ दिन बराबरको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका १५ दिन बराबरका तलब जम्मा गर्ने निर्णय भएको हो । यसअघि नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) र काँग्रेस पार्टीका सांसद पनि १५ दिन तलब कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।