देश राजनीति

सरकार ! निजी अस्पताललाई आजैदेखि ठीक ठाउँमा राख्नुपर्‍यो : रामकुमारी झाँक्री

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाँक्रीले निजी अस्पतालबारे निर्णय लिन सरकारलाई आग्रह गरेकी छन् । सामान्य बिरामीलाई रिसिभ नगर्ने निजी अस्तालबारे तुरुन्त कुनै  निर्णय लिनुपर्ने उनले बताएकी हुन् ।

उनले इटालीको जस्तो अवस्था आउन नदिन यस्तो गर्न उनले आग्रह गरेकी हुन् । उनले कोरोना भाइरससँग सम्बन्धित तीनवटै केसलाई हेरेर तुरुन्त एक्सनमा जान आग्रह गरेकी छन्। ‘इटालीकाे जस्तो अवस्था आयो भने हामी के गर्ने ? लुटी खाने अस्पताललाई आजै ठीक ठाउँमा राख्नुपर्‍यो । आजैका रिपोर्टिङ भएका तीनवटा केसलाई लिएर तुरुन्त एक्सन आवश्यक छ ।’