खेलकुद देश

नयाँ टी–२० वरियतामा नेपाल १५ औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा नेपाल १५ औँ स्थानमा यथावत रहेको छ । मंगलबार राति सार्वजनिक वरियतामा नेपाल १८५ अंकका साथ १५ औँ स्थानमा यथावत रहेको हो ।

नयाँ टी–२० वरियतामा पनि पाकिस्तान २७० अंकका साथ शीर्ष स्थानमा छ । यस्तै, अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र वेष्ट इन्डिज १० औँ स्थानमा छ ।

Featured