देश सूचना/ प्रबिधि

नेपाल टेलिकमको अफर :१५ रुपैयाँमा दिनभर गफ

नेपाल टेलिकमले अनलिमिटेड डे र नाइट प्याक याेजना ल्याएकाे छ । अनलिमिटेड डे भ्वाइस प्याकअन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जति पनि कल गर्न सकिन्छ ।

यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै  *1415*9*2# डायल गर्नुपर्दछ । यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिएपछि २४ घण्टाभित्र उपयोग गरिसक्नुपर्छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याकअन्तर्गत १२ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म असीमित कुराकानी गर्न सकिन्छ । रातभरि कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ ।

यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नुपर्दछ । त्यसैगरी, NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनाेट गरेर पनि प्रयोगमा ल्याउन सकिने टेलिकमले जनाएको छ । त्यसैगरी, कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकहरू खरिद गरी प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएकाे छ ।

Featured