देश शिक्षा

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबण्डा भए आन्दोलन गर्ने : डा. गोविन्द केसी

काठमाडौँ, साउन २१-प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। पदाधिकारी नियुक्तिमा दलीय भागबण्डा हुन लागेको भन्दै उनले आफ्नो ध्यानआकर्षण भएको बताएका छन्।

केसीले प्रेस वक्तब्य जारी गर्दै लहडको भरमा कुनै विश्वविद्यालय नथप्न सरकारलाई आग्रह गरेका हुन्। प्राध्यापक डाक्टर केसीले विज्ञप्तिमार्फत चेतावनी दिदै भनेका छन्, ‘विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागवण्डा भएको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी गराउँछौं।’