NRNA खबर देश विदेश

कोरोना कोषमा एनआरएनएले १ करोड रुपैयाँ सहयोग गर्ने

कोरोना महामारीसंग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।
यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो ।बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ ।
संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पिडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ । यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी  आधार दर्जन भन्दा बढी  नियमावलीहरु पारित गरेको संघले जनाएको छ ।