देश

देशको पश्चिमी भागमा भारि बर्षाको सम्भावना, सतर्क रहन सबैमा आग्रह

काठमाडौँ, साउन २१-मंगलबार देशको पुर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ भने पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको छ।

मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ)  सरेको छ।  जसको कारण आज दिउँसो देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै पुर्वी तथा मध्य भु-भागमा आंसिक देखि सामान्य बदली रही देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

देशको पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार राती भने देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।