देश

आफ्नो उपचारका लागि कांग्रेस नेता प्रकाशमान सिंह मेडिसिटीमा भर्ना

काठमाडौं, साउन २१-पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उपचारका लागि अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य बिग्रिएपछि नेता सिंह सोमबारदेखि नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।

सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको उनका निकट पूर्वविद्यार्थी नेता युपी लामिछानेले जानकारी दिए।

उनलाई ज्वरो, सुगरको मात्रा बढेको र युरिनमा समस्या भएको लामिछानेले जानकारी दिए। पार्टीका नेता रामचन्द्र पौडेल लगायत अरु नेता हरुले सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।