मनोरंजन

‘मुसुमुसु हाँसिदेउ’ का गायक नोर्देन भुटियाको निधन

काठमाडौं, साउन २१-द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको सोमबार बेलायतमा निधन भएको छ। सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका उनको बेलायतको अल्डरसटस्थित निवासमा निधन भएको हो।

सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात गरेका उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छलगायतका गीत लोकप्रिय छन्।

उनले सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापालगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका हुन्।

उनका दुई छोरी, एक छोरा र श्रीमती छन्।

Featured