खेलकुद विदेश

ह्यारी मगाएर विश्व कै सर्वाधिक महंगा रक्षक

काठमाडौं, एजेन्सी, साउन २१-इङ्ल्यान्डका राष्ट्रिय टोलीका फुटबलर ह्यारी मगाएर क्लब फुटबलका सर्वाधिक महंगा रक्षक बनेका छन्। लेस्टर सिटीबाट खेलिरहेका मगाएरलाई म्यानचेस्टर युनाइटेडले ट्रान्सफरका लागि किर्तिमानी ८० मिलयन पाउन्ड खर्चिएको छ। मलाएरसँग युनाइटेडले ६ बर्षको अनुबन्धन सम्झौता समेत गरेको छ।

२६ वर्षीय मलायरलाई युनाइटेडले सोमबार अबेर सार्वजनिक गरेको हो। सन् २०१७ मा हल सिटीबाट लेस्टर पुगेका मलाएरले लेस्टरमा ६९ खेल खेलेका थिए। रक्षापंक्तिमा उनको प्रदर्शन बेजोडको छ। फुटबलको अनुबन्धनमा स्ट्राईकरको दबदबा रहने क्रमलाई मलायरले तोडेका छन्।

यसअघि सन् २०१८ मा लिभरपुलले साउथह्याम्पटनबाट भर्जिल भान डाइकलाई भित्र्याउन ७५ मिलियन पाउन्ड खर्चिएको थियो। युनाइटेडका प्रशिक्षक क्लबका ओले गुनर सोल्ससायरले विश्व फुटबलका उत्कृष्ट रक्षक मगाएरको अनुबन्धले टोलीको पर्दशन थप बलियो हुने बताए। ओलेले मैदानमा मगाएरको खेल्ने शैली र फुटबल बुझ्ने क्षमताले फरक भएको पनि बताए।

Featured