देश सूचना/ प्रबिधि

अब मोबाइलमै यसरी थाहा पाउनुहोस् कोरोना भाइरसबारे जानकारी

नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारी आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।

सो नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, पैmलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यसैगरी कोरोना भाइरसबाट जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत सो नम्बरमा फोन गरेर थाहा पाउन सकिनेछ । नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

Featured