खेलकुद विदेश

एसेस टेष्टमा इंग्ल्याण्डकाे लज्जास्पद हार

काठमाडौं, साउन २०-अष्ट्रेलिया विरुद्धको पहिलो एसेस टेष्टमा पराजित भएको छ। जसमा इंग्ल्याण्ड अष्ट्रेलियासँग २५१ रनले पराजित भयो।

एज्बास्टनमा भएको खेलमा अस्ट्रेलियाले पहिलो पारीमा दुइ सय ८४ र इङल्यान्डले तीन सय ७४ रन बनाएको थियो।

दोस्रो इनिङमा अस्ट्रेलियाले चार विकेटको क्षतीमा चार सय ८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो। उसका लागि स्टिभ स्मिथले शतकिय पारी खेले। अस्ट्रेलियाले चौथो दिन लन्च पछि चार विकेट दुइ सय ३१ रन बाट खेल्न सुरु गरेको थियो। जसमा स्मिथले एक सय ४२ रनको शानदार पारी खेले। उनको यो लगातार दोस्रो शतक हो।

करियरको २५ औं र एसेसमा दशौं शतक प्रहार गरेका स्मिथ क्रिस वोक्सको वलमा आउट भएका थिए। उनले पहिलो पारीमा एक सय ४४ रन बनाएका थिए। म्याथ्यु वेडले एक सय १० रनको योगदान दिए। ट्रेभिस हेडले ५१, टिम पेनले ३४, जेम्स पेटिन्सनले अविजीत ४७ रन बनाए। जसका कारण इंग्ल्याण्डले तीन सय ९८ रनको लक्ष्य पाएको थियो।

दोस्रो पारीमा इंग्लयाण्ड मात्र एक सय ४६ रनमा अलआउट भयो। उसका लागि कुनैपनि खेलाडीले अर्धसतक बनाउन सकेनन्। इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाउनेमा क्रिस ओक्स बने। उनले ३७ रन बनाए। यस्तै जसोन रोय र कप्तान जोय रुटले समान २८–२८ रन बनाए। इंग्ल्याण्डलाई दोस्रो पारीमा ध्वस्त बनाउन नाथन लियोनले ६ तथा प्याट कुमिन्सले चार विकेट लिए।

Featured