देश साहित्य

साहित्यकार डीपी भण्डारीको निधन

काठमाडौं, चैत १–साहित्यकार प्रा.डा. डीपी भण्डारीको निधन भएको छ । अल्जाइमरबाट पीडित भण्डारीको शनिबार उपचारको क्रममा धुम्बाराहीस्थित हेम्स अस्पतालमा भएको हो । ८४ वर्षको उमेरमा निधन भएको भण्डारीको शनिबार नै पशुपति आर्यघाटमा अन्त्योष्टि गरिदै छ ।

निवन्ध क्षेत्रमा विशेष पहिचान बनाएका भण्डारीका मृगस्थली , नीरो बाँसुरी बजाइरहेछ, रोटी र फूल, त्यो धरती, त्यो आकाश निवन्ध संग्रह रहेका छन् । भण्डारीले साहित्यसँगै प्राध्यापनमा पनि सक्रिय रहेका थिए । उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए। उनले विभिन्न देशमा विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पनि उनले काम गरेका थिए ।