देश

सीआईबी हुँ भन्दै दिउँसै लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं, साउन २०-नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कुल चोक अगाडि दिउँसै लुटपाट गर्ने २ जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै बुढानिलकण्ठ बस्ने १९ वर्षीय नोर्बु तामाङ रहेका छन्।

पक्राउ परेका दोर्जे र नोर्बुले साउन १७ गते कास्की घर भई कालोपुल बस्ने २१ वर्षीय ईश्वर घतानेको १ थान मोबाइल र ६ हजार नगद लुटेका थिए । महाराजगञ्ज वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले साउन १९ गते साँझ ६ बजेको समयमा लुटिएको सामानसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तले ज्नाएअको छ।

प्रहरीका अनुसार पीडितले प्रहरीमा दिएको बयानको आधारमा सीसी क्यामेराको सहायतमा हुलियाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट ४ थान मोबाइल र लुट्न प्रयोग भएको बा ६६प ३४८१ नम्बरको स्कुटर समेत बरामद भएको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Featured