विदेश सूचना/ प्रबिधि

१ इन्चको मात्र स्क्रिन भएको विश्वको सबैभन्दा सानो ल्यापटप

काठमाडौं, एजेन्सी, साउन २०-विश्वको सबैभन्दा सानो आकारको ल्यापटप जसको १ इन्चको मात्र  स्क्रिन  छ। सुन्दैमा अनौठो जरुर लाग्छ  जुन विश्वको सबैभन्दा सानो आकारको ल्यापटप हो  एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन्।

विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो। उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो। यो ल्यापटप IBM को थिंकप्याडको सानो रुप हो। हाल लेनेभो कम्पनीले थिंकप्याड बनाउँदै आएको छ।

क्लिंगरले यो मिनी ल्यापटपमा ०.९६ इन्चको डिस्प्ले राखेका छन्। साथै यो ल्यापटपमा थिंकप्याडमा जस्तै किप्याडको बीचमा रातो रङको ट्रयाकप्वाइन्ट स्टाइल कर्सर कन्ट्रोलर राखिएको छ। ThinkTiny ल्यापटप बनाउनका लागि क्लिन्गरले थ्री डी प्रिन्टेड खोल तयार गरेका छन्। यस मिनी ल्यापटपमा १२८ गुणा ६४ पिक्सेलको ओएलइडी डिस्प्ले राखिएको छ। साथै यो सानो ल्यापटपमा ATtiny 1614 को ८ बिटको चिप राखिएको छ। यसमा वर्ड, एक्सेल तथा पावरप्वाइन्ट जस्ता अफिस सफ्टवयेर पनि चलाउन सकिन्छ।

Featured