देश राजनीति

प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै सुस्तायो राजनीतिक गतिविधि

काठमाडौं, फागुन ३०-मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ।

सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएकाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताको भेटघाटसमेत सुस्ताएको छ। फागुन १८ पछि नेकपाको सचिवालय बैठकसमेत बसेको छैन।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको बैठक बोलाएका छैनन् भने प्रधानमन्त्री नै अस्पतालमा बसेपछि मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेको छैन। गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएयता दाहालले दुईपटक सचिवालय बैठक बोलाएका थिए।प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएपछि उनले बैठक बोलाएका छैनन्।नागरिक दैनिकबाट