देश

कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार सुरु

काठमाडौ, फागुन २९–विश्वव्यापी महामारी घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार सुरु गरिएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको आशंका ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिए । आइसोलेसनमा राखिएका मध्ये ४ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए ।

Featured