देश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मालपोत कार्यालयका सुब्बा र खरिदार घुस रकमसहित पक्राउ

काठमाडौं, साउन २०-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा र खरिदारलाई  घुस रकमसहित नियन्त्रणमा लिएको छ।

मालपोत कार्यालयका नासु सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई अख्तियारको टोलीले आइतबार घुस रकमसहित नियन्त्रणमा लिएको हो।

कुँवर र पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए सेवाग्राहीसँग घुस रकम माग गरिहेका थिए।

सेवाग्राहीसँग घुस मागेको सूचनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले उनीह्ररुलाई आठ हजार घुस रकमसहित लम्की चुहा नगरपालिका ३ ब्यवस्थित नगरबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई  हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइरहेको अख्तियारले जनाएको छ।

Featured