काठमाडौं, साउन २०-नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ०४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा तोकिएको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ। आज यूएई दिर्हाम १ को ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा छ।
बहराइन दिनार १ को २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा छ। आज कोरियन वन १ सयको ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा छ । यस्तै सोमबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस