देश मनोरंजन

बडिखेल कोड्कु गीति वृत्तचित्र सार्वजनिक

ललितपुर, फागुन २६–ललितपुर गोदावरी–४ बडिखेललाई समेटेर तयार पारिएको ‘बडिखेल कोड्कु गीति वृत्तचित्र’ सार्वजनिक भएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सार्वजनिक गरेको भिडियो गीतमा वडाअध्यक्ष मुकुन्द बहादुर पहरीको परिकल्पना छ भने नवराज सञ्जेलले रचना गरेका छन् ।

कलाकार सरोज लामिछाने र टीका पुनको आवाज रहेको गीतको संगीत कृष्ण दाहालले दिएका छन् । गीतमा बडिखेलको विकास, समृद्धि, पर्यटकीय, सांस्कृतिक तथा पहरी जाति बारे चर्चा गरिएको छ। भिडियो निर्देशन नवराज सञ्जेलले गरेका छन् ।