देश

काठमाडौँ आइरहेको जहाजमा जब आकाशमै यात्रु बेहोस भए पछि

काठमाडौं, साउन २०-बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको थियो। नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो।

जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए। जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबैला भयो।

१३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट जो पूर्वराज्यमन्त्री हुन्। छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन्।

मुखबाट बान्ता निस्किएको अवस्थामा विष्ट सिटमै बेहोस थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।