काठमाडौँ , साउन १९-सरकारले प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च नव्यहोर्ने भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय भएकाे जानकारी दिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका सबैको हवाई टिकटभने सरकारले नै व्यहोर्ने र उपचार खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिए। भ्रमण टोलीमा रहेका कर्मचारी बाहेक कसैको आतेजाते र आवास खर्च नव्यहोर्ने मन्त्री बाँस्कोटाले बताए।
प्रधानमन्त्री ओली शनिबार राति स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए।उनको नेशनल युनिभर्सिटी अस्पतालमास्वास्थ्य परीक्षण हुनेछ।
प्रतिक्रिया दिनुहोस