विदेश

फिलिपिन्समा आँधीका कारण तीनवटा डुङ्गा दुर्घटना

मनिला, सिन्ह्वा, साउन १९- फिलिपिन्सको दुई सामुद्रिक तटनजिकै डुङ्गा दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ। इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ। आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो।

सिन्ह्वाका अनुसार आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन्।

Featured