देश

मोबाइलबाट धम्क्याई लाखौँ रकम माग गर्ने पक्राउ

काठमाडौँ , साउन १९-मोबाइल फोनबाट धम्क्याई लाखौँ रकम माग गर्ने ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले गरेको छ।

गिरीले फोनबाट विभिन्न व्यक्तिसँग धम्काउँदै ७५ लाख रुपैयाँ माग गरेका थिए। यसका लागि गिरीले नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गर्ने गरेका थिए।

गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ।