देश

भारतले जापानबाट गर्यो एक नेपाली महिलाको उद्धार

काठमाडौं, फागुन १६–भारत सरकारले बिहीबार जापानबाट आफ्ना नागरिक उद्धार गर्ने क्रममा १ जना नेपाली महिलाको पनि उद्धार गरेको छ । जापानको टोकियोनजिकै रहेको योकोहामा बन्दरगाहमा राखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा कोरोना संक्रमण फैलिएपछि भारत सरकारले आफ्ना नागरिकको उद्धार गर्दा सो उद्धारमा नेपाली महिला पनि परेको बताइएको छ ।

भारत सरकारले बिहीबार जापानबाट आफ्ना १ सय १९ नागरिकलाई उद्धार गरेर भारत ल्याएको छ ।भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी काठमाडौंको कपनकी अम्बिका बस्नेतलाई उद्धार गरेको जनाएको छ । बस्नेत जहाजमा क्रु मेम्बरका रूपमा कार्यरत थिइन् । उनलाई भारतीय नागरिकसँग उद्धार गरेर दिल्ली ल्याइएको दूतावासले जनाएको छ ।

भारत सरकारले १ नेपालीसहित श्रीलंकाका २, नेपाल, दक्षिण अफ्रिका र पेरुका १र१ नागरिकलाई पनि उद्धार गरी सँगै भारत ल्याएको छ । क्वारेन्टाइन अवधिमा दुई पटक स्वास्थ्य परीक्षण गरिने र उनमा कोरोना भाइरस संक्रमण नरहेको पुष्टि भएपछि मात्र नेपाल पठाइने नेपाली दूतावासले जानकारी दिएको छ।