देश

४० देशमा रहेका लाखौं नेपाली कोरानाको जोखिममा

काठमाडौं, फागुन १६–कोरोना भाइरस गत डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहान शहरमा देखा परेको थियो । यो भाइरस हाल चीनसहित ४० वटा देशमा फैलिइसकेको छ । यसको सबैभन्दा ठूलो संक्रमण युरोपेली देश, एसियाली मुलुक र मध्यपूर्वी देशहरूमा फैलिइरहेको छ ।

गत ८ डिसेम्बरमा चीनले प्रथम पटक एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो । यो २ महिनाको अवधिमा चीनबाहेक ४० वटा देशमा कोरोना भाइरसको सक्रंमण देखापरिसकेको छ ।

अस्ट्रिया, क्रोएसिया, स्वीट्जरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको समाचार आइसकेको छ । यस्तै कोरिया, जापान हुँदै मध्यपूर्वका देशमा कोरोना भाइरस फैलिने क्रममा छ । मध्यपूर्वी देशमा धेरै रोजगार, व्यवसाय र अन्य पेसाका लागि नेपाली बसोबास गर्छन् ।

मलेसिया, कतार, जापान कोरियामा बहराइन, कुवेत, ओमानलगायतका देशमा कोरोना भाइरसका बिरामी दिनहुँ बढिरहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै कोरोनाका बिरामी चीनमा भेटिएका छन् भनें दक्षिण कोरिया, जापान, इरानलगायतका मुलुकहरूमा पनि ठूलै संख्यामा संक्रमितहरू भेटिएका छन् ।